त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड आमनेसामने, नेपाल बलिङमा

शुक्रबार, ०६ असार २०८२
PHOTO : CAN

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेलको टस स्कटल्याण्डले जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको छ।

नेपालले सिरिजअन्तर्गत अहिलेसम्म ३ खेल खेल्दा २ खेलमा जित हासिल गरेको छ भने १ खेलमा हार बेहोरेको छ। त्यसैगरी, स्कटल्याण्डले ३ खेलमध्ये १ खेलमा मात्रै जित हात पार्दा २ खेलमा हार भोगेको छ। सिरिजका सबै चार खेल खेलिसकेको नेदरल्याण्डसले २ जित र २ हारको नतिजा निकालेको छ।

नेपालले एक खेलमा नेदरल्याण्ड्ससँग हार बेहोरेको थियो भने स्कटल्याण्ड र नेदरल्याण्ड्सलाई एक-एक खेलमा पराजित गर्न सफल भएको थियो। नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म २ वटा टी–२० खेल भएका छन्, जसमा दुवै टोलीले एक–एक खेल जितेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार