कालीगण्डकीबाट बेपत्ता आमा छोराको शव फेला

सोमबार, ०२ भदौ २०८२

 

रौतहट । स्याङ्जाको कालीगण्डकी नदिको किनारबाट बेपत्ता भएका आमाछोरा शव फेला परेको छ । कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २७ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डेको शव फेला परेको हो ।

गत साउन २१ गतेदेखि बेपत्ता भएका आमाछोरा नवलपुरको कावासोती नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा शव फेला परेको कालीगण्डकी गाउँपालिका ४ वडा अध्यक्ष यादव पाण्डे बताए ।

उनका अनुसार अर्पितको कानको मुन्द्रा र घाटीको मालाले पहिचान खुलेको हो ।  नारायणी नदी किनारमा महिला र करिब तीन सय मिटरको दूरीमा मध्य बिन्दु नगरपालिका–१२ भूपू कासघारीमा बालकको शव भेटिएको उनले जानकारी दिए ।

शव गलेको अवस्थामा भेटिएको उनको भनाइ छ  । शवको आवश्यक प्रक्रिया पूरा गर्न वडा अध्यक्ष पाण्डे लगायतको  श्यामकलाको परिवार स्याङ्जाबाट कावासोती अस्पतालतर्फ हिँडेको छ ।

दुवै शवलाई कावासोती स्थित मध्य बिन्दु प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार