झापामा आत्मदाहको प्रयास गरेकी ३० वर्षीया शोभाको मृत्यु

मंगलबार, ०३ भदौ २०८२

झापा । झापाको दमकमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी ३० वर्षीया शोभाकुमारी साहको उपचारका क्रममा मृत्यु भएको छ।

 दमक नगरपालिका–१, भानुभक्त चोक निवासी मनोज साहकी कान्छी श्रीमती शोभाले मङ्गलवार दिउँसो करिब ४ः३० बजे आफ्नै घरको दोस्रो तलामा पेट्रोल छर्की आगो लगाएकी थिइन्।

गम्भीर घाइते भएकी उनलाई प्रारम्भिक उपचारपछि धरान रिफर गरिएको भए पनि चिकित्सक नभएपछि पुनः बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। त्यहाँ बुधवार राति उपचारकै क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय दमकले पुष्टि गरेको छ।

लामो समयदेखि घरायसी विवादमा रहेकी शोभा करिब एक महिनाअघि मनोजकी जेठी श्रीमतीकी छोरी सुरभीलाई लिएर बेपत्ता भएकी थिइन्। सुरभी भारतको सिलिगुडीस्थित सूर्यसेन पार्कमा एक्लै फेला परेकी थिइन् भने शोभा भने बेपत्ता नै रहेकी थिइन्। मङ्गलवार मात्रै घर फर्किएकी उनी त्यही दिन आत्मदाहको प्रयास गरेकी थिइन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार