दमकमा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु, श्रीमान घाइते

मंगलबार, ०३ भदौ २०८२

झापा। झापाको दमकमा आज (मंगलबार) बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन्।

दमक नगरपालिका–७ पशुडाँडा नजिकै पूर्व–पश्चिम लोकमार्गमा बिहान करिब ८ बजे पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको प्र१–०२–००२ ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लागेको र उनलाई उपचारका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।

 मोटरसाइकलमा पछाडि सवार उनकी ४२ वर्षीया पत्नी मुना गौतमको भने घटनास्थलमै मृत्यु भएको हो। उनको शवलाई पोस्टमार्टमका लागि दमक अस्पतालको शव गृहमा राखिएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक तेह्रथुम जिल्ला लालिगुँरास नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पालाई नियन्त्रणमा लिई ट्रक र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान अगाडि बढाएको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया जारी छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार