काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेपाली काँग्रेसले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएका छन्। दुवै पार्टीका संसदीय दलको कार्यालयबाट फोनमार्फत सांसदहरूलाई आज बिहान १०:३० बजे सिंहदरबार आइपुग्न भनिएको छ।
सांसदहरूका अनुसार, संसदमा विचाराधीन र विवादित विधेयकहरूका बारेमा छलफल गर्नका लागि यो बैठक बोलाइएको हुन सक्छ। यसबाहेक, केही सांसदहरूले उपसभामुख इन्दिरा रानामगरविरुद्ध आचारणसम्बन्धी प्रस्तावमा हस्ताक्षरका लागि बोलाइएको हुन सक्ने अनुमान पनि गरेका छन्।
प्रतिक्रिया