पहिलो पाईला सुन्दरहरैंचाको अध्यक्षमा विजय ओझा

शनिबार, १० साउन २०८२

इटहरी : पहिलो पाईला नेपाल सुन्दरहरैंचा शाखाको अध्यक्षमा विजय ओझा निर्वाचित भएका छन् । शुक्रबार र शनिवार भएको संस्थाको छैटौं अधिवेशनबाट ओझाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । 

यस्तै उपाध्यक्षमा समीक्षा कार्की, सचिव केवल लुइँटेल, कोषाध्यक्षमा विनोद अधिकारी, सहसचिव र सह कोषाध्यक्षमा क्रमशः मनोज अधिकारी र सुप्रिया सिराल निर्वाचित भएको निर्वाचन समितिका अधिकृत सन्ध्या लामिछानेले जानकारी दिइन् । संस्थाका सदस्यहरूमा किरण सापकोटा, सुनिल ढुङ्गाना, रमेश बस्नेत, निर्मला खड्काका साथै होम बहादुर गौतम चयन भएको उनले बताएकी छिन् । 

May be an image of ‎15 people, people smiling and ‎text that says '‎فز עייל මයයී‎'‎‎

गोठगाउँमा भएको शाखाको अधिवेशन तथा पदस्थापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकालले विजय ओझा नेतृत्वको टिमले संस्थाको सामाजिक अभियानलाई थप मजवुद बनाएर लैजानेमा विश्वास व्यक्त गरेका छन् । 

shiva dhakal

उनले युवा वर्ग समाजको सेवाको कार्यमा भोको देखिएकोमा खुसी व्यक्त गर्दै नेपालमै युवाले अवसर खोज्नुपर्नेमा समेत जोड दिएका छन् । ‘विदेशमा कति बिजोक छ भन्ने कुरा त्यहाँ पुगेकाहरूलाई मात्रै थाहा हुने गर्दछ । युवा साथीहरूलाई नेपालले भविष्य खोज्नका लागि आग्रह समेत गर्दछु ।’ उनले भनेका छन् । 

कार्यक्रममा सहभागी भएका वक्ताहरूले संस्थाले गरेका कार्यहरूप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा थप सफलताका निम्ति कामना गरेका छन् । संस्थाको साङ्गठनिक प्रतिवेदन पेस गरेका निवर्तमान अध्यक्ष टिकाराम घिमिरेले २१ भन्दा बढी सामाजिक कार्य गर्न पहिलो पाईला नेपाल सफल भएको बताउँदै सुन्दरहरैंचा शाखाले आफ्नो कार्यकालमा समाजमा छुट्टै छाप बनाउन सफल भएको उल्लेख गरेका छन् । 

कार्यक्रममा पहिलो पाईला नेपाल तेक्वान्दो खेलाडीलाई खेलकुदका सामग्रीका साथै पूर्व अध्यक्षहरू र वर्षभरि भएका कार्यक्रमका संयोजकलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । May be an image of 6 people and people performing martial arts

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार