काठमाडौँका ८० प्रतिशत युवाले बिना जागिर घरमै बसेर महिनामा दुई लाख कमाउँछन् : शिक्षामन्त्री पन्त

शनिबार, १० साउन २०८२

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौँका ८० प्रतिशत युवाहरू जागिर नखाई घरमै बसेर महिनामा दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको दाबी गरेका छन्।

शनिवार एमाले काठमाडौँ महानगरपालिका–१५ वडा कमिटीद्वारा आयोजित एसइई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री पन्तले आधुनिक प्रविधिको उपयोग गरेर नेपाली युवाले विदेशी कम्पनीबाट काम लिएर ल्यापटपमार्फत सेवा दिन थालेको र त्यसबाट नेपालमा वार्षिक एक खर्ब रुपैयाँ भित्रिएको बताए।

उनले भने, “काठमाडौँका अधिकांश युवाले जागिर खाँदैनन् तर घरमै बसेर ल्यापटपबाट विदेशका कम्पनीलाई सेवा दिँदै छन्। यसबाट नेपालमा वार्षिक एक खर्ब रुपैयाँ आउँछ। यदि यो क्षेत्रलाई अझै प्रवर्द्धन गर्न सक्यौँ भने आठ खर्बसम्म आम्दानी सम्भव छ।”

मन्त्री पन्तले आधुनिक डिजिटल रोजगारीको सम्भावना औँल्याउँदै अब डाक्टर वा इन्जिनियर बन्नु मात्रै सफलताको मापदण्ड नरहेको बताए।

“नयाँ प्रविधिले नयाँ अवसरहरू सिर्जना गरेको छ। युवाले आफ्ना रुचिअनुसार रोजगारी गर्न पाउनुपर्छ, अभिभावकले मार्गदर्शन दिनुपर्छ तर दबाब होइन,” उनले भने।

उनका अनुसार केही युवाले वार्षिक ८ लाखभन्दा बढी कमाइ गरिरहेका छन् र सरकारले यस्ता प्रविधिमैत्री रोजगारीलाई सहयोग र प्रोत्साहन दिनुपर्ने बेला आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार