धरान : धरान उपमहानगरपालिका–१७ फोक्ल्याण्डका २४ वर्षीय सनम राई भारतमा रेलमा दुर्घटना भएका थिए उपचारको क्रममा आज निधन भएको छ।
दिल्लीतर्फ जाँदै गर्दा रेलबाट खसेर गम्भीर घाइते भएका उनलाई बिहारको पटनास्थित अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान करिब ३: ३० बजे उनको मृत्यु भएको हो।
परिवारसँग नजिक रहेका विशाखा बिस्टका अनुसार, मृतकको शव पोस्टमार्टमपछि आजै नेपाल ल्याउने तयारी भइरहेको छ। घरमा आमा, दिदी र भान्जीसँग बस्दै आएका सनम गत बुधवार छिमेकी दीपक राईसँगै दिल्लीतर्फ काम गर्न हिँडेका थिए। दीपकको परिवार भने लामो समयदेखि दिल्लीमै बसोबास गर्दै आएको जनाइएको छ।
दुर्घटना बिहीबार बिहान करिब साढे ५ बजे भएको हो। गम्भीर घाइते सनमलाई पटनास्थित स्थानीय प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो। तर, घटनाको समय दीपक साथमा नरहेको र उनको मोबाइल पनि स्विच अफ देखिएकोले परिवार र साथीहरूबिच शङ्का उत्पन्न भएको छ।
सनमसँगै दीपक गएका थिए, तर घटना हुँदा साथमा कोही थिएन भनेर प्रहरीले जानकारी दिएको छ, विष्टले भने सनमको साथी दीपक अहिले सम्पर्कविहीन छन्। उसलाई केही भएको हो कि, वा त्यहीबाट केही भयो भन्ने आशङ्का छ। सत्य तथ्य बाहिर ल्याउन प्रहरीले खोजी गर्नपर्छ।
घटनाबारे परिवारले सामाजिक सञ्जालमा सनमको तस्बिर र नागरिकता देखेपछि मात्र जानकारी पाएका थिए। त्यसपछि परिवार बिहीबार बेलुका धरानबाट पटनातर्फ हिँडेका थिए र शुक्रवार आजै बिहान मात्र अस्पताल पुगेका थिए।
प्रतिक्रिया