युवा संघको अध्यक्षमा ओलीका उम्मेदवार थेबे निर्वाचित

मंगलबार, १३ जेठ २०८२

काठमाडौँ : नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।

थेबे १० औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गरे । थेबेले ७ सय ९६ मत ल्याए भने अर्का उम्मेदवार पुरीले ६ सय ८ मत मात्रै ल्याए ।

पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए ।

अध्यक्षमा निर्वाचित भएका थेबे प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीका विश्वास पात्र हुन् ।

उसो त, ओलीले सर्वसम्बतरुपमा थेबेलाई नै अध्यक्ष बनाउन चाहेका थिए । तर, सुमन पछि नहटेपछि युवासंघमा निर्वाचन भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार