कविता : धर्ममा क्रान्ति

शनिबार, १० साउन २०८२

उसले धर्म हेर्‍यो,
अनि हेर्‍यो
सरस्वतीको तस्बिर
जसलाई संसारले
विद्याकी देवी भनेर चिन्छ,
अनि एक दिन
सार्वजनिक बिदामा 
प्रसाद खान 
विद्यार्थीहरू दशैंको लुगा देखाउँदै 
स्कूल जान्छन्।
प्रसङ्ग सरस्वतीकै तस्बिरको हो,
जहाँ पुस्तकलाई
सरस्वतीको खुट्टा अगाडि राखेर पूजा गरिन्छ।
यस्तो प्रसङ्ग सायद अन्य देवी देवताको तस्बिरमा
पनि देख्न पाइएला।
विद्याकी देवीले पुस्तकको अनादर गरी
आफ्नो पैताला तल राख्दा
पुस्तकलाई खुट्टाले छुँदा पाप लाग्छ भन्ने समाजले
किन विद्रोह गर्न सकेन।
उसले बोल्यो,'धार्मिक क्रान्ति'।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार