काठमाडौँ : बेइजिङमा सरकार प्रमुख सरह सम्मान प्राप्त गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज प्रमुख वक्ताको रूपमा आफ्नो सम्बोधन गर्दै छिन् ।
गत शनिवार राती एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको हिजो बेइजिङमा सरकार प्रमुख सरह भव्य स्वागत गरिएको थियो । उनी हिजो बिहान बेइजिङ पुगेकी हुन् ।
१० दिने लामो भ्रमणको क्रममा पूर्व राष्ट्रपति भण्डारीले सोमवार र शुक्रवार प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै छिन् ।
जस अनुसार आज चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधिबिच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन् । सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय गरिएको छ ।
उक्त कार्यक्रम भने बेइजिङको स्थानीय समय अनुसार सोमबार बिहान आयोजना गरिएको छ भने शुक्रवार अर्को कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन् ।
शुक्रवार भने नागरिक स्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाई सम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया