इटहरी मेडीकलले थाइराइड तथा सुगर रोगका विमारीहरुलाई निशुल्क स्वस्थ्य सेवा दिने भएको छ । डाक्टरको ओपिडी शुल्क,सुगर तथा ब्लड टेस्ट,डाइपिसियनको ओपिडी शुल्क, डाइपिसियनले बिरामीको रोग अनुसार ब्लड तथा तौल लगायत जाच गरी आवस्यक निशुल्क परापर्श दिइने व्यवस्थापक केदार कोइरालाले जानकारी दिए ।
फुल थाइराइड फङ्शन टेस्टमा ५० प्रतिसत छुट गरिएको व्यवस्थापक कोइरालाले जानकारी दिए । यो अफर मंसिर २० गते देखि २४ गते सम्म रहने अस्पतालले जनाएको छ । आवस्यकताका आधारमा उक्त समयमा डाक्टरले सिफारिस गरेका अन्य बिभिन्न जाचहरुमा २० प्रतिशत छुट गरिने समेत व्यवस्थापक कोइरालाले जानकारी दिएका छन् ।
प्रतिक्रिया