ढुङ्गेलको टिप्पणी : "तर्क गर्न नसक्नेहरूले गालीगलौज गर्छन्"

सोमबार, १९ जेठ २०८२

काठमाडौँ : नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले एमाले र त्यसको नेतृत्वसँग तर्क गर्न नसक्ने समूह गालीगलौजमा उत्रिएको आरोप लगाएका छन।

सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै उनले भनेका छन्, “जहाँ तर्क सकिन्छ, त्यहीँबाट गालीगलौज सुरु हुन्छ।”

ढुङ्गेलका अनुसार, सामाजिक सञ्जालमा सक्रिय केही व्यक्तिहरू इमान, निष्ठा र जनसेवाको राजनीतिलाई कमजोर पार्ने नियतले एमालेविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।

उनले यस्तो प्रवृत्तिलाई योजनाबद्ध 'गालीगलौजको अभियान' भनेका छन्।

ढुङ्गेलले वंशवाद र जन्मजात श्रेष्ठताको मान्यतालाई समर्थन गर्ने जमातले प्रतिस्पर्धात्मक लोकतन्त्रको पक्षमा उभिनेहरूलाई ‘झोले’ भन्दै हेप्ने प्रवृत्तिको आलोचना गरे।

उनले लेखेका  छन् ,“उनीहरू चाहन्छन् नागरिकहरूले आफूलाई 'सेल्फ सेन्सर' बनाउन् र बोलेर प्रतिवाद गर्न छाडुन्। तर यस्तो दूषित मनसायलाई हुर्किन दिनु हुँदैन।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार