काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले कार्यकारी निर्देशकहरूको विभागीय जिम्मेवारीमा हेरफेर गरेको छ।
गभर्नर डा. विश्व पौडेलको निर्णय अनुसार तीन जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी मङ्गलवार देखी लागू हुने गरी परिवर्तन गरिएको हो।
हालसम्म बैङ्क सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हाल्दै आएका कार्यकारी निर्देशक रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागको प्रमुख तोकिएको छ।
उनी कार्यरत विभाग,बैङ्क सुपरिवेक्षणको नेतृत्व अब दीर्घबहादुर रावलले सम्हाल्ने भएका छन्। रावल आइतबार मात्र कार्यकारी निर्देशकमा बढुवा भएका थिए।
बढुवाअघि उनी मुद्रा व्यवस्थापन विभागमा निर्देशकका रूपमा कार्यरत थिए। त्यस्तै, कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ। यसअघि उनी मुद्रा व्यवस्थापन विभागको नेतृत्व गरिरहेका थिए।
राष्ट्र बैङ्कको यो निर्णय संस्थागत कार्यक्षमता वृद्धि र विभागीय सन्तुलन कायम गर्न गरिएको मानिएको छ।
प्रतिक्रिया