पोखरा । पौडी खेल्ने क्रममा कास्कीको पोखरा महानगरपालिका–३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका पुरुषको शव भेटिएको छ ।
सशस्त्र प्रहरी बलको गोताखोरले करिब ३५ फिट गहिराइबाट शव निकालेको हो ।गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ पौडी खेल्ने क्रममा जेठ २५ गते साँझ साढे ७ बजे बेपत्ता भएका थिए ।
उनी कास्कीको पोखरा घुम्न आई लेकवेभ होटेलमा बस्दै आएको थिए ।सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले बेपत्ता श्रेष्ठको शव सोमबार बिहान १० बजे फेला पारेको हो ।
प्रतिक्रिया