काठमाडौँ । मुम्बईमा चलिरहेको लोकल रेलबाट १० जना यात्रु खसेका छन् ।यस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएको प्रहरीले जनाएको मिडिया रिपोर्टमा उल्लेख छ । यो दुर्घटना सोमबार बिहान भएको थियो, जसमा कसराबाट सीएसएमटी जाँदै गरेको द्रुत लोकल ट्रेनबाट एक यात्रु खसेका थिए । प्रत्यक्षदर्शीले रेल मोड भएका बेला थोरै ढल्किएको अवस्थामा यात्रु खसेको बताएका छन् ।
प्रतिक्रिया