नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् ।
कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका हुन् । भने, ‘यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ, सरकार गठबन्धनकै बन्छ ।
तर, अब बन्ने सरकारले जनताको चाहाना अनुरुप काम गर्नुको बिकल्प नभएको कोइरालाको भनाइ थियो । कोइरालाले भने, ‘सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ ।’
कोइरालाले नेपालको सुशासनको सवालमा कुनै सम्झौता नगर्ने बताएका छन् ।
प्रतिक्रिया