यसरी मनाइयो पनौती जात्रा (फोटो फिचर)

बुधबार, २८ जेठ २०८२

पनौतीमा आज ज्यापुन्ही जात्रा मनाइएको छ । यो जात्रा पनौतीको विशेष जात्रा भएकै कारणले यसलाई पनौती जात्रा पनि भनिने गरिएको छ । पनौती जात्राको समयमा पनौतीका मानिसहरू खेतको काममा व्यस्त रहने भएकाले यस जात्रालाई स्थानीय नेपाल भाषामा ज्यापुन्ही जात्रा भन्ने गरिएको हो। 

जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैनन् भन्ने उक्तिलाई लिएर सयौं व्यक्तिहरु आजको जात्रामा सहभागी हुन्छन् ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार