कोशीमा स्टार्टअप र नवप्रवर्तन प्रवर्द्धनका लागि इनक्युबेशन केन्द्र प्रस्ताव

बुधबार, २८ जेठ २०८२

विराटनगर : कोशी प्रदेशमा युवाहरूको उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्नका लागि ‘कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्र' (KSIC) को अवधारणा अघि सारिएको छ।

नेपाल उद्योग परिसंघ (CNI) कोशी प्रदेश र युवा उद्यमी मञ्च (CNIYEF) को नेतृत्वमा तयार पारिएको यो अवधारणा पत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष औपचारिक रूपमा पेस गरिएको हो।

इनक्युबेशन केन्द्रले प्रारम्भिक चरणमा रहेका स्टार्टअप तथा नवप्रवर्तनशील उद्यमहरूलाई आवश्यक सीप, परामर्श, लगानी पहुँच, सहकार्य सञ्जाल, तथा काम गर्ने स्थानको व्यवस्था प्रदान गर्नेछ।

यस्तो संरचना कोशी प्रदेशमा अत्यन्तै आवश्यक रहेको बताइएको छ, जसले युवाहरूको नवप्रवर्तनशील सोच र उद्यमशील क्षमतालाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग गर्नेछ।

प्रस्तावित केन्द्र निजी, सार्वजनिक तथा शैक्षिक क्षेत्रको सहकार्यमा सञ्चालन हुने बताइएको छ। यो केन्द्रले नवप्रवर्तन प्रवर्द्धन, स्टार्टअप इनक्युबेसन, कानुनी परामर्श, सीप अभिवृद्धि, लगानी जुटाउने अवसर र रोजगारी सिर्जनामा मुख्य ध्यान दिनेछ।

यसले कोशी प्रदेशको आर्थिक रूपान्तरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको संस्थाका अध्यक्ष मुनान रिजालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार