सुन तोलामा १६ सयले बढ्यो, तोलको कति ?

विहीबार, २९ जेठ २०८२

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य तोलाको दुई हजार १५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार