धरान : सरकारले सुनका गहनामा २ प्रतिशत 'विलासी कर' र बहुमूल्य हिरा रत्नमा १३ प्रतिशत भ्याट लगाएको निर्णयको विरोधमा धरानका सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरी बिरोध र्यालिसहित इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
धरान–१ स्थित सिंहदेवी चोकबाट सुरु भएको विरोध र्यालीमा व्यवसायीहरूले सुनमा लागेको कर खारेज गर उपभोक्ता मार्न पाइँदैन व्यवसायमैत्री ऐन बनाउ भन्ने नारासहित प्रदर्शन गरेका थिए।
र्यालिपछि उनीहरूले धरान–१३ मा रहेको इलाका प्रशासन कार्यालय पुगेर अर्थमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र इलाका प्रशासन कार्यालयका प्रमुख अम्बिका प्रसाद रेग्मीलाई बुझाए छ्न ।
र्यालीमा नेपाल सुनसरी सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजेश श्रेष्ठको नेतृत्वमा नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष प्रदीप गहतराज, सुनसरी रत्न तथा आभूषण संघका अध्यक्ष टेक बहादुर याङ्देन, सदस्य शंकर गौतमसहित दर्जनौ सुनचाँदी व्यवसायीहरु सहभागी थिए।
उनीहरूले सुनका गहनामा लगाइएको २ प्रतिशत 'विलासी कर' र बहुमूल्य हिरा–रत्नमा लगाइएको १३ प्रतिशत भ्याट तुरुन्त खारेज गरियोस सुनको भन्सार दर ६ प्रतिशत कायम गरियोस् र सुनचाँदी व्यवसायसम्बन्धी स्पष्ट ऐन, नियमावली तथा व्यवसायमैत्री नीति तुरुन्त निर्माण गरियोस भन्दै ज्ञापनपत्र बुझाएका हुन ।
अध्यक्ष राजेश श्रेष्ठ भन्छन्, हामी विलासी वर्ग होइनौँ, पारिवारिक परम्परा बोकेको व्यवसाय गर्दै आएका श्रमिक हौँ। करको भार हामी होइन, उपभोक्तामाथि पर्नेछ। उनले यसलाई एकपक्षीय निर्णय भन्दै खारेज नगरे आन्दोलन अझ चर्कने चेतावनी समेत दिएका छ्न ।
यसले व्यवसाय मात्र होइन, आम उपभोक्तामाथि समेत प्रत्यक्ष भार पार्दछ। व्यवसायीहरूले माग पुरा नभए सशक्त आन्दोलन हुने बताएका छ्न ।
प्रतिक्रिया