इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्ताव गरिएको बजेट नगरसभाबाट पारित हुन सकेन । बुधबार बसेको १६ औँ नगरसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
नगरप्रमुख हेमकर्ण पौडेलले बजेट पारित हुन नदिन नेकपा एमाले इटहरीका नेताहरूले जानाजान अवरोध गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा मेयर पौडेलले लेखेका छन्
नेकपा एमाले इटहरी का नेता हरु ले मागेको बजेट दिन नसक्दा बहुमत को आड मा नगरसभा स्थगित ,इटहरीबासि बजेट बाट बिमुख
पौडेलका अनुसार नगरको आवश्यकता, योजना र प्राथमिकता अनुसार बजेट निर्माण गरिएको थियो । तर केही वडाका जनप्रतिनिधिहरूले आफ्नो वडाका लागि अस्वभाविक रूपमा बढी बजेट माग गरेपछि समन्वय सम्भव नभएको र त्यसले नगरसभा नै रोकिएको हो ।
यसअघि उपप्रमुख संगीता कुमारी चौधरीले असार १० गते नगरसभामा आगामी वर्षको अनुमानित बजेट पेश गरेकी थिइन् । सो बजेट अनुसार कुल २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको अनुमान गरिएको थियो ।
प्रतिक्रिया