काठमाडौँ । काठमाडौंको थापाथली चोकमा ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवानलाई टेम्पोले ठक्कर दिएको छ ।
बिहीबार बिहान ९:४० बजे थापाथली चोकमा ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई टेम्पोले ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बा १ घ ४१८८ नम्बरको टेम्पोले त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाने क्रममा ठक्कर दिएको र घाइते प्रहरी जवान शाहलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ । प्रहरीले टेम्पो र चालक नम्फा लामालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया