९१ लाख खर्चेर रामधुनी नगरपालिकाद्वारा मेयर चौधरीका लागि स्कारपियो खरिद

विहीबार, २९ जेठ २०८२

सुनसरी : सुनसरीको रामधुनी नगरपालिकाले मेयर सङ्करलाल चौधरीका लागि ९१ लाख रुपैयाँ खर्चेर नयाँ स्कारपियो गाडी खरिद गरेको छ।

नगरपालिकाले बुधवार महिन्द्राको उच्च मोडलको २२ सय सिसी क्षमताको ७ सिटे स्कारपियो खरिद गरी मेयरलाई उपलब्ध गराएको हो।

नगरपालिकाका जिन्सी शाखा प्रमुख सत्यनारायण चौधरीका अनुसार यसअघि सङ्घीय मामिला मन्त्रालयले दिएको टाटा सुमो (को १ झ ५४६) गाडी प्रयोग गर्दै आएका मेयर चौधरीलाई पुरानो गाडी बारम्बार मर्मत गर्नुपर्ने भएकाले नयाँ गाडीको आवश्यकता महसुस गरी नगरसभाबाट बजेट स्वीकृत गरिएको हो।

गत २०८१ फागुन १० गते गाडी खरिदका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको थियो।

सोही सूचनाअनुसार विराटनगरस्थित रोयल अटो इन्टरप्राइजेज मात्र प्रतिस्पर्धामा सहभागी भएको र महिन्द्राकै एक मात्र मोडल अनुकूल स्पेसिफिकेसन तोकिएकाले सोही कम्पनीको ठेक्का परेको जनाइएको छ।

स्रोतका अनुसार, मेयर चौधरीको व्यक्तिगत गाडीप्रतिको विशेष रुचिले समेत गाडी खरिदसम्बन्धी निर्णयमा प्रभाव पारेको बताइएको छ। यद्यपि, उक्त निर्णयप्रति स्थानीयवासीले आलोचना व्यक्त गरेका छन्।

नगरसँग पहिले नै सवारीसाधन उपलब्ध हुँदा समेत अत्यधिक मूल्यमा नयाँ गाडी खरिद गर्नु जनताको करको रकम अनावश्यक रूपमा खर्च गर्नु हो भन्ने उनीहरूको गुनासो छ।  मेयर चौधरी ३ बर्ष अघिको स्थानीय चुनावमा नेकपा एमालेबाट मेयरमा विजयी भएका हुन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार