काठमाडौं । लण्डन उडेको एयर इण्डियाको विमानमा सवार २४२ यात्रुमध्ये एकजना पनि नेपाली नागरिक नरहेको दिल्लीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।
विमान दुर्घटनाको आशंकापछि नेपाली नागरिक पनि सवार हुनसक्ने अनुमान गर्दै दूतावासले भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो।
दूतावासका कन्सुलर सन्जिव शर्माका अनुसार, “भारतीय अधिकारीहरूले पठाएको यात्रु सूचीअनुसार विमानमा नेपाली नागरिक छैनन्।”
उक्त सूचीमा भारत, बेलायत, क्यानडा र पोर्चुगलका नागरिकहरू सवार रहेको उल्लेख छ। यात्रु सूचीको आधिकारिक पुष्टि भएपछि दूतावासले नेपाली नागरिक नभएको जानकारी सार्वजनिक गरेको हो।
प्रतिक्रिया