आलमलाई सफाइ दिने न्यायाधीशलाई कालो मोसो

विहीबार, २९ जेठ २०८२

काठमाडौं :  नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार गरेका छन् । उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो । जनविरोधी फैसला गरेको भन्दै थारुलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार