भिजिट भिसा प्रकरणमा कांग्रेस, एमाले र माओवादीबीच दुईबुँदे सहमति, एक्लियो रास्वपा

शुक्रबार, ३० जेठ २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरू विभाजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लिएको छ ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)बीच सदन खोल्नका लागि दुई बुँदे सहमति कायम भएको छ । रास्वपाकाे स्थान भने खाली छाडिएकाे छ ।

सहमतिकाे पहिलो बुँदामा भनिएको छ, “भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त विषय सम्बन्धमा छानबिनका लागि सरकारले आवश्यक सहजीकरण गर्नेछ ।”

त्यसैगरी दोस्रो बुँदामा भनिएको छ, “अध्यागमन र भिजिट भिसाका सम्बन्धमा देखिएका समस्या समाधान गर्न आवश्यक अध्ययन गरी नीतिगत, कानुनी र संरचनागत प्रश्नहरुमा उपयुक्त व्यवस्था/संरचनाका लागि ठोस पहल गरिनेछ ।”

Sahamati-patra

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलले उनीमाथि पनि छानबिनको माग गर्दै जेठ १३ गतेदेखि सदन अवरुद्ध पार्दै आइरहेका छन्। दिनहुँजसो बैठक बसे पनि नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आइरहेको छ। जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था नै भएका कारण उक्त दिन देशको बजेट ल्याउन दिएका विपक्षीहरूले अन्य दिन प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार