ओखलढुङ्गा । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-६ भदौरे बस्ने २० वर्षीय भूपेन्द्र मगरलाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ । भूपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया