काठमाडौं : असार महिनाका लागि वाणिज्य बैंकहरूले बचत तथा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।
शनिबार सार्वजनिक गरिएको मासिक ब्याजदर तालिकाअनुसार जेठ महिनाको तुलनामा अधिकांश बैंकहरूले ब्याजदर घटाएका हुन्।
नयाँ दरअनुसार, नबिल बैंक, प्रभु बैंक र हिमालयन बैंकले आफ्नो ब्याजदर स्थिर राखेका छन् ।
कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् ।
असारका लागि कुमारी बैंकले ५.९१ बाट घटाएर ५.७१ प्रतिशतमा झारेको छ । त्यसैगरी, प्रभु बैंकले ६.६१ बाट ६.१० प्रतिशत, एभरेस्ट बैंकले ६.६४ बाट ६.५५ प्रतिशत, एनएमबि बैंकले ६.६ बाट ६ प्रतिशत र एनआईसी एसिया बैंकले ६.६ बाट ६.५५ प्रतिशतमा झारेका छन् ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्राइम, नेपाल एसबीआई, नेपाल बैंक, सिजिटन्स, स्ट्यान्डर्ड चार्टर्ड, नबिल , सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, माछापुच्छ्रे लगायत बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, सानिमा बैंकले ६.३३ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५० प्रतिशत, नेपाल बैंकले ५.४५ प्रतिशत, सिजिटन्स बैंकले ५.६५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत र सिद्धार्थ बैंकले ५.७५ प्रतिशत कायम गरेका छन् ।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.५० प्रतिशत, हिमालयन बैंकले ५.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत र ग्लोबल आइएमई बैंकले ६ प्रतिशत ब्याज तोकेका छन् । यी बैंकहरूले असारका लागि पनि जेठ महिनाकै ब्याजदर निर्धारण गरेका हुन्।
प्रतिक्रिया