बढ्यो सुनको मूल्य, तोलको कति ?

आइतबार, ०१ असार २०८२

काठमाडौँ  : गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । 
    
गत जेठ २७ एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो । जेठ २८ गते रु एक लाख ९१ हजार ३०० जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन रु एक लाख ९७ हजार १०० मा खरिदबिक्री भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार