पोखरीमा डुबेर मोरङमा बालकको मृत्यु

आइतबार, ०८ असार २०८२

विराटनगर : मोरङमा सार्वजनिक पोखरीमा डुबेर आज (आइतबार)  बालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार धनपालथान गाउँपालिका–७ कदमाह टोल बस्ने विजय शर्माका छोरा ८ वर्षीय ऋषि शर्माको मृत्यु भएको हो । घरनजिकै रहेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा अपरान्ह ४ः३० बजेतिर 
बालक डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

डुबेर बालकको मृत्यु भएको देखेपछि आफन्तले पोखरीबाट निकालेर घरमा लगेका थिए । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार