सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा करेन्ट लागेर गम्भीर घाइते भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारी रविन बस्नेतको ज्यान गएको छ । सोलुदुधकुण्ड नगरपालिका ७ भित्तार्खकका अन्दाजी वर्ष ३५ का बस्नेतको निधन गएको हो ।
सोलुदुधकुण्ड नगरपालिका ११ घुन्सा नुनथलामा राष्ट्रिय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतको क्रममा बस्नेतलाई करेन्ट लागेको थियो । बस्नेतलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको थियो ।
उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुका प्रहरी निरीक्षक सूचना अधिकारी विकास राईले जानकारी दिए ।
प्रतिक्रिया