काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी बजेटबाट विवादास्पद 'टेक एण्ड पे' व्यवस्था हटाउने सहमति भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार मन्त्रिपरिषद् बैठकअघि भएको छलफलमा सहमति जुटेको हो।
देउवाले अर्थमन्त्रीलाई फोनमार्फत ‘टेक एण्ड पे’ हटाइएन भने विनियोजन विधेयक संसदमा पास हुन नदिने चेतावनी दिएका थिए।
त्यसपछि प्रधानमन्त्री ओली र देउवाबीच सहमति बनेको स्रोतको भनाइ छ।
प्रतिक्रिया