वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगरसभाको १७औँ अधिवेशनमा उपप्रमुख इम्तियाज आलमले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र डिजिटल सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
कुल बजेटमध्ये ७०.२४ प्रतिशत (२ अर्ब २६ करोड) चालु खर्च, २८.६४ प्रतिशत (९२ करोड ३४ लाख) पुँजीगत खर्च र बाँकी रकम वित्तीय व्यवस्थापनमा विनियोजन गरिएको छ।
महानगरले चालु आवको तुलनामा आगामी वर्ष ३३ करोड रुपैयाँ बढी बजेट ल्याएको हो।
प्रतिक्रिया