इटहरी उपमहानगरपालिकाले सार्वजनिक गर्यो २ अर्ब ५५ करोडको बजेट

मंगलबार, १० असार २०८२

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख संगीता कुमारी चौधरीले मंगलबार नगरको १६ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । 

उपमेयर चौधरीका अनुसार स्थानीय जनताको मागलाई सम्बोधन गर्दै इटहरीको समग्र विकासका लागि यो बजेट तर्जुमा गरिएको हो । बजेटमा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । 

नगरलाई आकर्षक बनाउने उद्देश्यले सडक सौन्दर्यकरण, रोड फर्निचर स्थापना, र पैदल यात्रुका लागि कोशी राजमार्गमा दुई आकासे पुल निर्माणको योजना समेटिएको छ । 

इटहरीमा बारम्बार देखिने बाढी तथा डुबान समस्या समाधान गर्न प्रकृतिमा आधारित मोडलबाट बाढी नियन्त्रणको योजना अघि सारिएको छ । 

इटहरीको यस वर्षको बजेट भने गत वर्षको तुलनामा १ अर्ब २ करोड रुपैयाँले घटेको हो । चालु आर्थिक वर्षमा इटहरीको बजेट ३ अर्ब ५७ करोड ८४ लाख रुपैयाँ थियो ।

यस्तो छ पूर्णपाठ 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार