कृषि श्रमिक संघमा भट्टराई

बुधबार, ०६ बैशाख २०८०
इलाम । नेपाल ट्रेड युनियन कांग्रेसको आवद्ध संघ नेपाल कृषि श्रमिक संघ इलामको दोस्रो अधिवेशनले सुरेश भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघका सस्थापक अध्यक्ष विष्णुप्रसाद दुलालको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा डिल्लीराम खतिवडा, महिला उपाध्यक्षमा भिमकुमारी लिम्बु, सचिव घनश्याम अधिकारी र कोषाध्यक्षमा रोशन बाँनियालाई चयन गरेको छ । समितिका सदस्यमा दलबहादुर चौहान, पदम कुमार गड्तौला, पदम गुरुङ लगायतलाई निर्वाचित गरेको छ । अधिवेशन उद्घाटनका अवसरमा नेपाल तामाङ संघका जिल्ला सभापति दल बहादुर तामाङले श्रमिकका पक्षमा गर्नुपर्ने काम प्रसस्त भएकाले संघले कृषि श्रमिकका पक्षमा प्रभावकारी रुपमा आवाज उठाउनु पर्ने बताए । नेपाली कांग्रेस इलाम क्षेत्र न १ का सदस्य तथा कृषि श्रमिक संघका सूर्योदय नगरपालिकाका अध्यक्ष नकुल खड्काले श्रमिकका कुरा सरकाले कम सुन्ने गरेकाले सरकारले सुन्ने गरी आवाज उठाउनु जरुरी रहेको बताए । संघका सस्थापक अध्यक्ष विष्णु प्रसाद दुलालले संघले स्थापनाको समय देखि नै स्थानिय तहमा कृषि ऐन, नीति निर्माणका लागि पहल गरेपनि स्थानीय सरकारले चासो नदेखाएको बताए । उनले स्थानीय सरकारलाई कृषिमा नीति र ऐन निर्माण गरेर अघि बढ्न प्रभावकारी रुपमा दवाव दिनुपर्ने बताए । युनियनमा नेपाल शिक्षक संघ, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, नेपाल वित्तिय संस्था कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल प्रेस युनियन, नेपाल चिया वगान श्रमिक संघ, नेपाल नाई संघ, नेपाल यातायात मजदुर संघ लगायतका संघहरु आवद्ध छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार