सुनसरी : धरान उपमहानगरपालिका–५ देउरालीबाट ठूलो परिमाणको प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय धरानको टोलीले असार १० गते राति झर्नाचोकस्थित डेरामा बस्दै आएका मुन्सन राईको कोठामा छापा मार्दा औषधी लुकाई राखिएको अवस्थामा फेला परेको हो।
राईको झोलाबाट ट्रामाडोल ८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास ७ हजार ८ सय ९० ट्याब्लेट, नाईट्रेजेपाम २० ट्याब्लेट, स्पारेट २ सय ९५ ट्याब्लेट र कोलिवन ३ सय १२ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया