प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो : गगन थापा

शनिबार, ०७ भदौ २०८२

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठूलो कुरा भावना र समस्यामा केन्द्रीत हुनुपर्ने विचार राख्ने गरेको प्रसंग कोट्याएका छन् । 

शनिबार वीरगंजमा आयोजित ‘प्रदीप गिरी को सम्झनामा आत्मा र संघर्ष’ नामक कार्यक्रममा बोल्दै उनले प्रदिप गिरीले बिपी कोइरालाको बारेमा लेखेका पुस्तकको सम्पादकीयबाट नै सिमाना र राष्ट्रियताको परिभाषा बुझ्न सकिने बताए ।

गिरीले बिपीको युक्तिलाई कतैपनि नछाडेको बताउँदै राष्ट्रियता भनेको माटो भन्दा पनि ठूलो हो भन्दै आफ्नो लागि राष्ट्रियतालाई केन्द्रमा राखेर विचार व्यक्त गर्ने गरेको सुनाए ।

थापाले अगाडि भने,‘प्रदिप गिरी दाईसँग राम्रै बहस छलफल हुन्थ्यो । एक पटक उहाँले मलाई एउटा पुस्तक पठाउनुभएको थियो । एकदिन धापासीको घरमा बोलाउनुभयो । सबैकुरा गर्नुभयो र हामीलाई प्रधानमन्त्री बन्ने इच्छा छ भनेर सोध्नुभयो । हामीले दाई पहिला बन्नुहोस भन्यौं । उहाँले म नेपालको प्रधानमन्त्री बन्नेभए तिमीहरुलाई प्रस्ताव गर्ने थिइन् । किनकी सिंगो संसारकै अथवा एसियाकै प्रधानमन्त्री बन्न पाउने अवसर आए बन्नेथिए भनेर ठट्टा गर्नुहुन्थ्यो । त्यसपछि हामीले छलफलबाट के निस्कर्ष निकाल्यौं भने उहाँमाथि ठूलो प्रभाव लोहियाको पायौं । लोहियाको वल्र्ड कर्भमेन्ट अर्थात देशको सीमा भन्दा माथि हुनुपर्ने सोच उहाँमा थियो । देशहरुको वाउर्डिज हुनुहुँदैन भन्ने थियो । सीमाहरु भनेको त धेरैपछि मानिसहरुले बनाएका हुन, सीमाहरु भनेका बनाइएका हुन् र त्यसलाई भत्काएर त्यो भन्दा माथि नजरीया बनाउनुपर्छ भन्नुहुन्थ्यो । उहाँहरुको विल्कुलै फरक धारणा थियो । उहाँ र मेराबीच धेरै भिन्नताहरु थियो ।’

‘जतिबेला लिम्पियाधुरा र लिपुलेकको प्रसंग अघिल्लो पटक केपी ओली नेतृत्वकै बेला उठ्यो । त्यो विषय उठ्दा कांग्रेसको तर्फबाट पुनःनक्साकंन गर्ने निर्णय भयो र त्यसबारे उहाँसँग धेरै छलफल भयो । प्रदिप गिरिको सोचाइ सीमाना वारीपारी बस्ने मानिसका बारेमा फरक थियो । यसै सन्दर्भमा बिपी कोइरालाको पनि एउटा भनाइ थियो–कि राष्ट्र, राष्ट्रभित्र बसेका मानिसहरु त्यो समस्यासँग जुध्धा जुन भावना आउँछ त्यो नै राष्ट्रियता भन्नुहुन्थ्यो । मेरा लागि राष्ट्रियता भनेको माटोभन्दा पनि ठूलो नागरिकका समस्याहरु हुन्छन् भन्नुहुन्थ्यो । त्यसैले प्रदिप गिरिले विपीको बाटो छाड्नुभएको छैन्,’ गिरीका बारेमा प्रष्ट पार्दै भने ।

महामन्त्री थापाले कुनै देशको सिमाना हुँदैन भन्ने गरेको प्रसंग भनेको केन्द्रविन्दुमा जनता हुनुपर्ने धारणा रहेको स्पष्ट पारे । कुनै देशको माटो भन्दा पनि ठूलो भनेको भावना र समस्या हुनुपर्ने गिरीको सोच रहेको बताए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार