जनप्रशासन क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ

बुधबार, ११ असार २०८२

काठमाडौँ : काठमाडौँको जनप्रशासन क्याम्पसमा परीक्षामा अरूकै नाममा परीक्षा दिन गएका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित स्नातकोत्तर तहको परीक्षा भइरहेको बेला ती युवकलाई नियन्त्रणमा लिइएको हो।

विश्वविद्यालय प्रशासनका अनुसार पक्राउ परेका व्यक्ति अर्का विद्यार्थीको परिचयपत्र प्रयोग गरी परीक्षा दिन पुगेका थिए। परिचयपत्र र अनुहार नमिल्दा शंका लागि परीक्षा कक्षमै खटिएको निगरानी टोलीले जाँच गर्दा नक्कली परीक्षार्थी भएको खुलेको थियो।

हाल उनलाई विश्वविद्यालय प्रशासनले प्रहरीको जिम्मा लगाइसकेको छ। यसबारे थप अनुसन्धान भइरहेको र नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।

त्रिविले पछिल्ला वर्षहरूमा परीक्षामा हुने नक्कली परीक्षार्थी तथा ठगी घटनालाई नियन्त्रण गर्न निगरानी कडा पार्दै आएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार