स्याङ्जा । स्याङजामा कुटपिटका कारण एक युवाको ज्यान गएको छ । वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २२ वर्षीय सिजन थापा र २४ वर्षीय अनिल शाही रहेका छन् । प्रहरीका अनुसार शनिबार राति करिब ११ बजेतिर वालिङ –५ वाहुनडाँडाका थापामाथि कुटपिट भएको सूचना पाएपछि वालिङबाट प्रहरी घटनास्थल पुगेको थियो ।
गम्भीर घाइते अवस्थामा रहेका थापालाई तत्कालै वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो ।
उपचारका क्रममा चिकित्सकले राति साढे १ बजे उनलाई मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया