सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८, जुट मिल छेउमा रहेको विश्वकर्मा इन्जिनियरिङ वर्कसप ग्यारेजमा काम गर्ने एक जना कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
भारतको जोगमनी घर भई हाल दुहबी–८ मा बस्दै आएका ५० वर्षीय लक्ष्मण शर्मा आइतबार बिहान करिब १०ः५५ बजे ट्रकमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । तर, बिहान ११ः५५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार वेल्डिङ कार्य गर्ने क्रममा करेन्ट लागेको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया