इलाम । इलाम बसपार्कमा सञ्चालित गजुरमुखी होटलमा एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पाँचथरको हिलिहाङ गाउँपालिका–३ का अन्दाजी ३४ वर्षीय डुपछिरिङ शेर्पा होटलमा सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार उनी शनिबार साँझ होटलमा आएर कोठा लिएका थिए । आइतबार बिहान ढिला सम्म नउठेपछि होटल सञ्चालकले खबर गरेपछि प्रहरीले कोठा खोलेर शेर्पालाई मृत अवस्थामा फेला पारेको हो ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ । मृतकका आफन्त इलाम आइपुग्नेबित्तिकै कानुनी प्रक्रिया पूरा गरी शव निकाल्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया