इटहरीबाट ब्राउन सुगर र नगद सहित दुई जना पक्राउ

आइतबार, ०८ भदौ २०८२
साङ्केतिक तस्बिर

इटहरी। सुनसरीको इटहरी उप–महानगरपालिका–७ बालग्रामबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

शनिबार साँझ ७ः४० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी बालग्रामबाट खटिएको संयुक्त टोलीले छापा मार्दा दुई जना पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार इटहरी–७ बालग्रामस्थित भोजराज कार्कीको घरमा कोठा भाडामा बस्दै आएका सुनसरी रामधुनी नगरपालिका–६ का २८ वर्षीय विप्लब चौधरी र इलाम फाक्फोक्थुम गाउँपालिका–६ की २७ वर्षीया सुस्मा राई पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको कोठामा चेकजाँच गर्दा लुकाइ–छिपाइ राखेको अवस्थामा ३४.५६ ग्राम (चौँतिस ग्राम पाँच सय साठी मिलिग्राम) ब्राउन सुगर र नगद ७६ हजार १ सय रुपैयाँ बरामद गरेको जनाएको छ।

हाल पक्राउ परेका दुवै जनालाई बरामद लागू औषध र नगदसहित इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार