मोरङको रतुवामाईमा ग्यास सिलिन्डर पड्किँदा आगलागी, तीन पसलमा क्षति

सोमबार, ०९ भदौ २०८२

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ सौँठा चोकमा सोमबार बिहान ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको छ । आगोले ३ वटा पसलमा पूर्णरुपमा क्षति पुगेको छ । 

प्रहरीका अनुसार बिहान करिब ६ बजेतिर खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किँदा आगो लागेको हो । सिलिन्डर पड्किनासाथ आगलागी सुरु भएको थियो ।  

आगोले टीका खनालले सञ्चालन गर्दै आएको चिया पसल, सूर्यमान श्रेष्ठको चस्मा पसल र किराना पसलमा क्षति पुगेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । यी सबै पसल टेकमान लिम्बूको जग्गा भाडामा लिएर सञ्चालन भइरहेका थिए ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको संयुक्त प्रयासमा करिब १ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार