कर्णालीबाट पैदलयात्रा गरी काठमाडौं आइपुगेका बोहराको अभियानलाई नेताहरूको साथ

बुधबार, ११ असार २०८२

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पैदलयात्रा गर्दै काठमाडौं आइपुगेका भ्रष्टाचार विरोधी अभियन्ता नवराज बोहराले आफ्नो अभियानमा राजनीतिक दलका शीर्ष नेताहरूको ध्यान आकर्षित गरिरहेका छन्।

३१ दिन लामो पैदलयात्रापछि काठमाडौं आइपुगेका बोहराले हालै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन्। भेटमा डा। कोइरालाले बोहराको 'क्याम्पेन फर क्लिन पोलिटिक्स' अभियानको समर्थन जनाउँदै आफू सुशासन र पारदर्शिताको पक्षमा दृढ भएर उभिएको स्पष्ट पारे। उनले यस्ता जनचेतनामूलक अभियानले देशलाई सकारात्मक दिशातर्फ अघि बढाउने विश्वास पनि व्यक्त गरे।

यसअघि बोहराले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए। भेटमा उनले कर्णाली क्षेत्रको विकास, सुशासन, वातावरणीय सन्तुलन, पशु संरक्षणलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

बोहराले जेठ ४ गते सुर्खेतबाट यात्रा आरम्भ गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार