एमाले केन्द्रीय कमिटी बैठक साउन ५ गते, विधान महाधिवेशन भदौ २० मा

बुधबार, ११ असार २०८२

काठमाडौँ : नेकपा एमालेले आगामी साउन ५ गते केन्द्रीय कमिटि बैठक बोलाएको छ। पार्टीको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो।

साथै, बैठकले पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गते ललितपुरको सनराइज हलमा आयोजना गर्ने निर्णय पनि गरेको छ। विधान महाधिवेशनका लागि तीनवटा प्रमुख दस्तावेज तयार पारिने एमालेले जनाएको छ।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रस्ताव तयार पार्नेछन्। यी प्रस्तावहरू विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ।

विधान महाधिवेशनको अन्य तयारी तथा व्यवस्थापनको जिम्मा केन्द्रीय कार्यालयलाई दिइएको छ।

यसअघि, साउन २ गते पोलिटब्युरो बैठक बस्ने तय भएको छ। साउन ५ को केन्द्रीय समिति बैठकले पारित गर्ने विधान संशोधन प्रस्तावलाई सुझावका लागि पार्टीका तल्ला तहसम्म पठाइनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार