काठमाडौं : पतञ्जली योगपीठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि आज विशेष अदालतमा थुनछेक बहस सम्पन्न भएको छ।
बुधबार भएको थुनछेक बहसपछि अदालतले आदेशको तयारी गरिरहँदा अध्यक्ष नेपाल विशेष अदालतको क्यान्टिनमा बसेर निर्णय पर्खिरहेका छन्।
नेपालको पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, गोविन्द बन्दी, रमन श्रेष्ठ र कृष्णप्रसाद भण्डारीले बचाउको पक्षमा बहस गरेका थिए। उनीहरुले नेपालले निर्णय गर्दा कुनै व्यक्तिगत लाभ लिएको प्रमाण नभएको, नीति अनुसार निर्णय गरिएको, र मुद्दा दायर गर्नु नै पूर्वाग्रही भएको जिकिर गरेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रधानमन्त्री हुँदा पतञ्जली योगपीठलाई हदबन्दीको नियम उल्लङ्घन गर्दै जग्गा खरिदमा छुट दिने निर्णय गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको हो।
प्रतिक्रिया