झापामा कृष्ण सिटौलाले गरे प्राविधिक शिक्षालयको शिलान्यास

शुक्रबार, १३ असार २०८२

झापा : पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नेपालले निरङ्कुशताविरुद्ध लामो सङ्घर्षपछि हासिल भएको वर्तमान राजनीतिक प्रणालीलाई बलियो नबनाई मुलुक र जनताको हितमा समृद्धि हासिल गर्न नसकिने बताएका छन् । 

कचनकवल गाउँपालिकामा निर्माण हुन लागेको प्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उनले लोकतान्त्रिक व्यवस्था विश्वकै उत्कृष्ट व्यवस्था भएकाले नयाँ व्यवस्थामा नयाँ सोच र चिन्तन अनिवार्य भएको बताएका हुन् । 

सो भवन चार करोड ७९ लाख २१ हजार २८५ को लागनमा निर्माण हुनेगरी नेपाल सरकार सघन शहरी विकास तथा भवन निर्माण कार्यालय र खण्डपुर निर्माण सेवा बीच सम्झौता भएको छ । 

बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको भने निर्माण विसं २०८४ जेठ २० गते सम्पन्न हुने शिक्षालयका संयोजक तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीले जानकारी दिएका छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार