प्रधानमन्त्रीले दिए स्पेन भ्रमणबारे संसदलाई जानकारी

शनिबार, १४ असार २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसद्मा जानकारी गराएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकमा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसद्मा जानकारी गराएका हुन् ।

भ्रमणका क्रममा राष्ट्रिय हित र मर्यादालाई माथि उठाउने गरी प्रस्तुत हुने प्रधानमन्त्रीको भनाइ छ । आज साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिड प्रस्थान गर्ने छन् ।

उनको नेतृत्वमा जाने भ्रमण टोलीमा २१ जना सहभागि हुनेछन् । यो संख्यामा स्पेन स्थित नेपाली राजदूत र न्युयोर्क स्थित आवासीय प्रतिनिधि समेत हुनेछन् । परराष्ट्रमन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा हुने छन् ।

भ्रमणबारे जानकारी गराएपछि  प्रधानमन्त्रीले एसईई परीक्षा नतिजामा सुधार आएको भन्दै खसी समेत व्यक्त गरे ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन्  ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे संवोदन गर्न समय दिएलगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका छन् ।

त्यसअघि आकस्मिक समयमा रास्वपाका सांसदहरूले बेल घेराउ  गरेका थिए । राप्रपाका सांसदहरू भने सांसद रोशन कार्की बोलेलगत्तै बाहिरिएका थिए ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार