विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले 'किसान पहिलो' अभियानका साथ अघि बढिरहेको उल्लेख गर्दै धान उत्पादन वृद्धिमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कृषि नेपाली जनजीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको र यसले समृद्ध नेपालको आधार तयार पार्ने बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवसले कृषि पेसाप्रति जनचासो जगाउने उल्लेख गर्दै जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएको प्रभावलाई ध्यानमा राखेर खेतीपाती गर्नुपर्नेमा जोड दिए। तिमीले पछिल्लो समयमा वैदेशिक रोजगारी र बसाइँसराईका कारण कृषिमा मानवीय स्रोतको अभाव देखिएको भन्दै अब यसतर्फ राज्यको चासो आवश्यक रहेको तर्क प्रस्तुत गरे।
उनले कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटले 'किसान पहिलो'अभियानलाई प्राथमिकता दिएको उल्लेख गर्दै यसै माध्यमबाट कृषि क्षेत्रमा आमूल सुधार ल्याउने उद्देश्य रहेको बताए।
मुख्यमन्त्री कार्की विराटनगरमा आयोजित ओबी मिडियाको धान रोपाइँ कार्यक्रममा सहभागी भएर आफैँ धान रोप्दै कृषि पेसाप्रति सम्मान प्रकट गरे। सो अवसरमा उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सबै पक्ष मिलेर लाग्नुपर्ने धारणा राखेका छन् ।
“समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि कृषि क्षेत्रलाई बिस्तारै आधुनिक र व्यवसायिक बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उनले दोहोऱ्याएका छन् ।
प्रतिक्रिया